सुनको भाउ अहिलेसम्मकै उच्च, तोड्यो सारा रेकर्ड

रामेछाप खबर संवाददाता

काठमाडौ,१४ असार ।

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य हालसम्मकै उच्च भएको छ | आज सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । गत शुक्रबारको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेको हो ।

शुक्रबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला ९४५ रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

सुनको मूल्य शुक्रबार प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १६० रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि बिहीबार छापावाला सुनको मूल्य बुधबारकै मूल्य अर्थात प्रतितोला ९१ हजार एक सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला नौ सय ४० रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला नौ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।