संक्रमितको संख्या ह्वात्तै बढे पछि लकडाउन कडाई गर्ने सरकारको यस्तो तयारी

रामेछाप खबर संवाददाता

काठमाडौं, १५ असार ।

सरकारले पूनः लकडाउनमा कडाई गर्ने तयारी थालेको छ । आज बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले लकडाउन थप कडाई गर्नेबारे छलफल गरेको छ । लडाउनको उल्लंघन भएको सिसिएमसीको निश्कर्ष छ । सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले बैठकमा भएको छलफल र निर्णयबारे जानकारी दिएका छन् ।

उनका अनुसार विदेश पढ्न जानेहरूका लागि भाषा परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई आग्रह गरेको र विदेशबाट आउनेहरूका लागि होम क्वारेन्टिनमा बस्न चाहेमा त्यसको व्यवस्था मिलाउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छ ।

बाल भो भाग- २ हेरेर​ लाईक​, कमेन्ट शेयर गर्न नभुल्नु होला र कमेन्टमार्फत प्रतिक्रिया दिनु होला !!!!

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।