सुनको मूल्य फेरी बढ्यो

रामेछाप खबर संवाददाता

काठमाडौ, १५ असार ।

सुनको मूल्य आइतबार तोलामा सात सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार घटेको सुनको मूल्य आइतबार फेरी बढेको हो। सो दिन छापावाला सुनको मूल्य ९० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार १६० रुपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर आइतबार प्रतितोला ९४५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँमा कारोबार भएको थियो ।

बाल भो भाग- २ हेरेर​ लाईक​, कमेन्ट शेयर गर्न नभुल्नु होला र कमेन्टमार्फत प्रतिक्रिया दिनु होला

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।