फोटो फिरिममा’ गीत अप्लोड भएको ७ घण्टामै युटुब ट्रेंडिंगमा

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

यतिबेला नेपाल आईडल सिजन ३ का प्रमुख दाबेदार मध्येकी एक प्रताप दसको गीतको पहिलो भिडियोअ आएको छ । शिशिर भण्डारीको शवद, सँगीत तथा अभिनय रहेको गीत फोटो फिरिममालाई युट्युबमा अप्लोड भएको केहि समयमै लाखौ दर्शकहरुले हेरिसकेका छन् ।

रचना रिमालको आवाज रहेको चर्चित गीत फोटो फिरिममाको मेल भर्सन युटुब मार्फत सार्वजनिक भएको छ । शिशिर भण्डारीको शव्द र सँगीत रहेको गीतमा प्रताप दासको आवाज रहेको छ । निकै प्रतिक्षा गरिएको गीतका लागि शिशिरले आफ्नो लुक्स नै परिवर्तन गरेका छन् ।

गीतलाई युटुबमा आएको केहि घण्टामै लाखौं भ्युज मिलेको छ भने लाईक र कमेन्ट बर्षा भएको छ । अहिलेसम्म गीतलाई ३७ हजार माथिले लाईक गरेका छन् भने, ४ हजार ९ सय माथि कमेन्ट छ । गीतमा आएका कमेन्टहरु सत प्रतिशत राम्रो छ । गीतमा प्रतापको आवाज र शिशिर भण्डारीको शव्द, सँगीत र अभिनय लाई निकै नै रुचाईएको छ । गीतको शव्द निकै मनछुने भएका कारण कतिले आफु रोएको बताएका छन् ।

२ दिन लगाएर छायाँकन गरिएको गीतमा शिशिरसँगै रिस्ता बस्नेतको पनि अभिनय रहेको छ । सागर बाबु भट्टको निर्देशन रहेको गीतलाई अनिल के. मानन्धरले खिचेका हुन् । निकै नै मर्मस्पर्शी भिडियोलाई सबैले रुचाएका छन् ।

भिडियो हेर्नुस

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।