समाचार

फेरी बढ्यो सुनको मूल्य : हेरौ कति पुग्यो

२०७७ असार २४ गते २३:३३

काठमाण्डौँ, २४ असार । मंगलबार १ सय रूपैयाँले घटेकाे नेपाली बजारमा सुनकाे मूल्य आज बुधबार तोलामै ५ सय रुपैयाँले बढेको छ । मंगलबार ९१ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा...

हावाबाट कोरोना फैलिन सक्ने प्रमाण भेटियो : डब्ल्यूएचओ

२०७७ असार २४ गते २३:१०

काठमाडौं, २४ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई ग्रहण गरेको छ । यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए...

कोरोनाको हटस्पट बन्दै काठमाडौं: उपत्यकामा आज पनि २३ नयाँ संक्रमित थपिए, मुलकभर संक्रमितको संख्या १६ हजार नाघ्यो

२०७७ असार २४ गते १८:०३

काठमाण्डौँ, २४ असार । नेपालमा थप २५५ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप २५५ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा संक्रमितको कूल संख्या १६ हजार ४२३...

आउनै लाग्यो कोरोनाविरुद्धका भ्याक्सिन, यसरी भइरहेको छ काम

२०७७ असार २४ गते १६:३४

एजेन्सी, २४ असार । विश्वभर फैलिएको कोरोना भाइरस भयावह बन्दै गएको देखिन्छ । भ्याक्सिन बनेपछि भने स्थिति सामान्य हुने आशा गरिएको छ । यसका लागि एक सय २० भन्दा बढी औषधी कम्पनि र रिसर्च केन्द्र अहोरात्र सक्रिय छन् । भारतमा रहेका केही चर्चित कम्पनीहरु...

दर्शकको मन जित्दै ‘बाल भो’ (सिरिज)

२०७७ असार २३ गते २२:५२

काठमाडौं, २३ असार । पछिल्लो केही महिना यता नेपाली मनोरञ्जनको दुनियाँ केही सुनसान जस्तै रह्यो । युट्युबमा दर्शकको राम्रो साथ पाएका हास्य शृङ्खला देखी अन्य नियमित शो हरू पनि प्रभावित भए । लकडाउनले छायाङ्कन देखी अन्य काम गर्न नपाउँदा प्रसारण रोकिएको बाङ्गो टिङ्गो लाई...

बाबुराम भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पार्टी एकता र सहकार्यको प्रस्ताव

२०७७ असार २३ गते २२:२२

काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई टेलिफोन गरी सहकार्यको प्रस्ताव अगाडि बढाएका छन् । प्रधानमन्त्री ओलीले बाबुराम भट्टराईलाई देशको लागि चाहिने नेता भएको र उनको क्षमता प्रयोग गर्नुपर्ने भन्दै सहकार्य र पार्टी एकताको प्रस्ताव अघि सारेका...

ह्वातै बढ्यो सुनको मुल्य : तोलाको कति ?

२०७७ असार २३ गते १६:०७

काठमाडौं, २३ असार । आज मंगलबार सुनको मुल्यमा ह्वातै बढेको छ ।सोमबार छापावाला सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भएकोमा आज मंगलबार प्रतितोलामा ७ सयले बढेर ९० हजार ९ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मुल्य भने ९० हजार ४ सय...

ह्वात्तै बढ्यो काठमाडौँ उपत्यकामा कोरोना संक्रमण

२०७७ असार २२ गते १९:२५

काठमाडौं, २२ असार । बितेको २४ घण्टामा नेपालमा थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

आज एकै दिन स्थान नखुलेका उपत्यकाका ५४ जनामा कोरोना संक्रमण

२०७७ असार २२ गते १८:४३

काठमाडौं, २२ असार । काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् । पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।...

झन् झन् बढ्यो उपत्यकामा कोरोना संक्रमण, एकै दिन संक्रमित संख्या ३०यी स्थानका हुन् संक्रमित

२०७७ असार २१ गते २१:४९

काठमाडौं, २१ असार । काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा काठमाडौंका २७...